टोकियो ओलम्पिक समापन हुदै

२०७८ श्रावण २४ गते, आईतवार

काठमाडौं । गत जुलाई २३ मा औपचारिक उद्घाटन भएको ओलम्पिक आज समापन हुन लागेको छ । नेपाली समय अनुसार अपरान्ह ४ बजेर ४५ मिनेटमा समापन समारोह सुरु हुनेछ। ओलम्पिकको अन्तिम दिन आज ८ स्वर्ण पदकका खेल हुँदैछन्। आज वाटर पोलो, महिला भलिबल जिम्न्यास्टिक, पुरुष म्याराथन, साइक्लिङ ट्याक, महिला ह्याण्ठबल, जम्पिङ र बक्सिङका खेल हुँदै छन्। आज भएको जम्पिङमा स्वीडेनले स्वर्ण जितिसेकेको छ। त्यस्तै पुरुष म्याराथनतर्फको स्वर्ण पदक केन्याली धावक एलिउड किपचोगेले जितेका छन्।​
सापोरो ओडोरी पार्कमा आइतबार निर्धारित दुरी २ घण्टा ८ मिनेटमा ३८ सेकेन्डमा पूरा गर्दै किपचोगेले स्वर्ण पदक जितेका हुन्। टोकियो ओलम्पिकमा हालसम्म पदक तालिकामा ३८ स्वर्णसहित चीन अग्र स्थानमा रहेको छ। उसलाई अमेरिका ३६ स्वर्णसहित पछ्याइरहेको छ।

प्रतिक्रियाहरु