५९५ थान मोबाइलसहित दुई जना पक्राउ

२०७८ श्रावण २२ गते, शुक्रबार

काठमाडौं । नवलपुर प्रहरीले ५९५ थान मोबाइल सेट सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । बिभिन्न ब्राण्डका ५९५ थान मोबाइलसहित चितवनको भरतपुर महानगरपालिका बस्ने ४३ वर्षीय अर्जु्न ढकाल र गाडीका चालक ४० वर्षीय इन्द्रलाल श्रेष्ठलाई पक्राउ गरिएको नवलपुर प्रहरी कार्यालयका डिएसपी दिलिप गिरीले जानकारी दिए । मोबाइल लोड गरिएको प्रदेश ३–०१–०२३ च ५५४४ नम्बरको गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ । सो गाडीलाई गएराति ११ बजे विनयीत्रिवेणी नगरपालिका–१ मा पर्ने राजमार्गबाट नियन्त्रणमा लिइएको र सो गाडीबाट विना बिल भर्पाइका ५९५ थान मोबाइल बरामद भएको डिएसपी गिरीले जानकारी दिए ।
‘भन्सार छलेर ल्याइएका बिभिन्न ब्राण्डका यी मोबाइलको मूल्य ७० लाख भन्दा बढी छ,’ डिएसपी गिरीले भने, ‘यसबारे थप अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ ।’

प्रतिक्रियाहरु