यातायात व्यवसायीले सरकालाई गाडीको साँचो बुझाए !

२०७८ श्रावण १० गते, आईतवार

काठमाडौं । यातायात व्यवसायीले सरकालाई गाडीको साँचो बुझाएका छन् । विभिन्न सातबुँदे माग राख्दै सार्वजनिक यातायात व्यवसायी केन्द्रीय महासंघ नेपालका पदाधिकारीले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत सरकारलाई साँचो बुझाएका हुन् ।
व्यवसायीका प्रतिनिधिले आइतबार कठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई साँचो र मागपत्र हस्तारन्तरण गरेका हुन् । कोराना महामारीबाट यातायात क्षेत्रमा पर्न गएको प्रभावबारे महासंघले विभिन्न निकायमा मागपत्र बुझाए पनि कहींबाट पनि सम्बोधन नभएकाले साँचो बुझाउनुपरेको महासंघले जनाएको छ ।
महामारीबाट प्रभावित यातायात व्यवसायीले कुनै राहत सुविधा नपाएको उनीहरुको गुनासो छ । यातायात व्यवसायीलाई कारोनाविरुद्धको खोप, भाडादर समायोजन, कर्जाको ब्याज पुँजीकरण गरी ६ महिना ब्याज मात्रै तिर्न पाउनुपर्ने, आधार ब्याजदरमै कर्जा पाउनुपर्ने, गाडीको अवधि १० वर्ष थप गर्नुपर्नेलगायत माग यातायात व्यवसायीले राख्दै आएका छन् ।

प्रतिक्रियाहरु