काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थप !

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकरीहरुको बैठकले उपत्यकामा एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको छ। । बैठकले जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय गरेको हो । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले एक साता निषेधाज्ञा लम्ब्याउने र थपिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो बनाउने निर्णय गरेको बताइएको छ । जसअनुसार खाद्यान्न पसल , पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने छन भने हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न पाइने , कृषि कार्य सञ्चालन गर्न दिने र भिसा लिनका लागि सहजिकरण गर्ने रहेको बताइएको छ।

प्रतिक्रियाहरु