सिभिल अस्पताल कोभिड अस्पतालमा रुपान्तरण

२०७८ जेष्ठ १ गते, शनिबार

काठमाडौँ । निजामती (सिभिल) अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरित गरिएको छ ।सिभिल अस्पताललाई कोभिड अस्पतालका रुपमा रुपान्तरित गर्न शुक्रबार बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र अस्पतालबीच सम्झौता भएको हो । सम्झौता भएसँगै अस्पतालले १५० बेड क्षमता राखिसकेको छ । जसका लागि बागमती प्रदेश सरकारले अस्पताललाई २ करोड २४ लाख ५० हजार रुपैयाँ अनुदान दिने छ। सम्झौता अनुसार अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने आर्थिक भौतिक ,जनशक्तिलगायतका सम्पूर्ण व्यवस्था अस्पतालले नै गर्नुपर्ने उल्लेख छ। अस्पतालले उपचार गराइहेका विरामीको अवस्थाका बारेमा प्रत्येक दिन स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउनु पर्ने छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु