चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध

२०७७ चैत्र २७ गते, शुक्रबार

काठमाडौ । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन् | मुलुकको सबैभन्दा पुरानो उद्योगी व्यवसायीहरुको सङ्गठनको आज सम्पन्न सत्तरिऔँ वार्षिक साधारणसभाले ६७ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको र त्यसको वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार अग्रवाललाई निर्विरोध चयन गरेको हो । यसैगरी वाणिज्यतर्फ दीपक मल्होत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ उपाध्यक्षमा चयन भएका छन् |
प्रमुख निर्वाचन अधिकृत रमेश महर्जनका अनुसार चेम्बरका अन्य उपाध्यक्षमा जिल्ला नगर समूहबाट दीपक श्रेष्ठ, वस्तुगत समूहबाट सुरेन्द्रकुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य सङ्घबाट त्रिभुवनधर तुलाधर निर्वाचित भएका छन् |

प्रतिक्रियाहरु