नेकपा रोल्पाद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७७ चैत्र २१ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी रोल्पाको आयोजनामा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम लिबाङमा सम्पन्न भएको छ । जिल्लास्थित विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि पत्रकार बुद्धिजीविलगायत सहभागीबीच अन्तरक्रिया कार्यक्रममा नेकपा रोल्पाका पूर्वजिल्ला इन्चार्ज प्रयासले पार्टीको धारणा, एकीकृत जनक्रान्तिको विकासक्रम र वार्तापछिको परिवेशका सवालमा विषयवस्तु राखेका थिए । सहभागी विभिन्न व्यक्तित्वहरूले नेकपाको एकीकृत जनक्रान्तिको कार्यदिशा साथै अबको पार्टीको गतिविधिका बारेमा धारणा तथा सुझाव पेश गरेका छन् । प्राप्त सुझाव र जिज्ञासाहरूलाई पूर्वजिल्ला इन्चार्ज प्रयास र जिल्ला इन्चार्ज दिनेशबिक्रम चन्द ‘मानव’ ले प्रस्ट्याएका थिए । पार्टी माथिको प्रतिबन्ध फुकुवा पश्चात् गरिएको अन्तरक्रियामा उपस्थित सम्पूर्णलाई जिल्ला सेक्रेटरी शोभाराम रानामगर ‘विस्फोट’ ले धन्यवाद ज्ञापन गरेको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु