रसुवा नाका सुचारु

२०७७ फाल्गुन २१ गते, शुक्रबार


काठमाडौं । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी आजदेखि सञ्चालनमा आउने भएको छ । ‘चिनियाँ भन्सारले शुक्रबार ७ गाडी सामान नेपाल पठाउने तयारी छ,’ भन्सार कार्यलय टिमुरेका भन्सार प्रमुख रामप्रसाद रेग्मीले ‘चिनियाँ ७ गाडीमा आएको सामान नेपाली १५ वटा कन्टेनरमा लोड हुन्छ ।’ विगतका वर्षहरुमा ल्होसार सकिएसँगै नाकाबाट नियमित आयात हुने भए पनि गत एक वर्षदेखि नाका बन्द छ । गत २२ जेठदेखि एकतर्फी नाका सञ्चालन गरेको चीनले कोरोनाको कारण देखाउँदै सहज रुपमा नियमित सञ्चालन गरेको छैन । सीमास्तरका दुई देशका अधिकारीबीच भएको बैठकमा सामान आयात बढाउने सहमति भए पनि कोटा प्रणाली कायमै छ । २४ भदौमा दुई देशका सीमाका आधिकारीबीच भएको बैठकमा चिनियाँ पक्षले दुई सिफ्टमा १६ घन्टा काम गर्ने भनेको थियो । तर, यो कार्यान्वयन भएको छैन ।
चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपालचर्फ हस्तकलाका सामग्री जाने भए पनि कोरोना संक्रमण सुरु भएयता चीनले एकतर्फी मात्र नाका खुला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ । ०७१ मंसिर १५ देखि रसुवागढी नाका विधिवत् रुपमा सञ्चालनमा आएको हो ।

प्रतिक्रियाहरु