‘बस दुर्घटनाका मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको निशुल्क उपचार गर’

२०७७ मंसिर १५ गते, सोमबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अछामका जिल्ला इन्चार्ज नवीन र सेक्रेटरी अाखिरले प्रेस विज्ञप्ति जारी गरि सदरमुकाम मंगलसेनबाट धनगढीका लागि छुटेको सुदुरपश्चिम यातायात प्रा.लि.को ना.४ ख ९९७२ नम्बरको बस चौरपाटी गाउँपालिका ७ मार्कुमा आज बिहान ८ बजे दुर्घटनामा परी मृत्यु भएका निरज कुवँरप्रति श्रद्धाञ्जली अर्पण गर्दै उक्त दुर्घटनामा घाइते भएका १७ जना सबैकाे स्वास्थ्य लाभको कामना गरेका छन । उनीहरुले मृतकका परिवारलाई उचित क्षतिपूर्ति सहित घाइतेहरुको निशुल्क उपचारका लागि सम्बन्धित पक्षसङ्ग जोडदार माग गर्नुभएको छ । यस्ता दुर्घटनाहरु गुणस्तरहिन सडक र राज्यको प्रभावकारी अनुगमन नहुँदा दिनप्रतिदिन बढिरहेकाे र राज्य मुखदर्शक बनेको बनेको भन्दै यस्ता दुर्घटनाहरुको रोकथामका लागि आवश्यक पहलकदमी लिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउदछौँ जारी विज्ञप्ति उल्लेख छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु