त्रिविद्वारा स्नातक तहको परीक्षा तालिका सार्वजनिक

२०७७ मंसिर ४ गते, बिहीबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको परीक्षा तालिका सार्वजनिक गरेको छ । कोभिड–१९ र लकडाउनका कारण स्थगित उक्त परीक्षा यही मंसिर २८ गतेदेखि शुरु गरेकोगरी त्रिविले बिहीबार तालिका सार्वजनिक गरेको हो । वार्षिक परीक्षा प्रणालीअन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिकसत्र खेर जान नदिने गरी परीक्षा लिने र नतिजा प्रकाशन गर्ने त्रिविको तयारी छ । सोहीअनुसार त्रिविले व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञान शंकायअन्तर्गत स्नातक तह चौथो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको हो । अब लिइने परीक्षाको नतिजा आगामी चैतअघि नै प्रकाशित गर्ने तथा स्नातकोत्तर तहमा भर्ना हुने बाटो खुला गर्ने तयारी समेत त्रिविको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु