तातोपानी नाका दशैंपछि सञ्चालनमा आउने

२०७७ कार्तिक ५ गते, बुधबार


काठमाडौं । तातोपानी भन्सार कार्यालयले तीन सातादेखि बन्द रहेको तातोपानी नाका दशैंपछिमात्र सञ्चालनमा आउने बताएको छ ।स्थानीयस्तरमा भएको अनौपचारिक छलफलमा चिनियाँ पक्ष नाका खुलाउन सहमत भएपनि आवश्यक तयारी गर्दा दशैंपछिमात्र नाका खुल्ने भएको हो । तीन महिना बन्द भएर गएको असोज १९ गते नाका खुलेर सामान ‘लोड’ गर्न चीनमा गएका सातजना नेपाली कामदारलाई कोरोना संक्रमण भएपछि सञ्चालनको दिनमै नाका बन्द भएको थियो । अब नाका सञ्चालनमा आएपछि चिनियाँ पक्षले नेपालमा नै सामान ल्याइदिने गरी तयारी थालिएको छ ।
नेपालतर्फ चिनियाँ कन्टेनरले सामान ल्याएर राख्ने र त्यहाँबाट नेपालीले सामान लोड गरेर ल्याउने बताइएको छ । एक दिनमा सातओटासम्म कन्टेनर नेपाल ल्याइने तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रियाहरु