नेकपा कालिकोटद्वारा बाढीपीडितलाई राहत वितरण

२०७७ कार्तिक ४ गते, मंगलवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले जिल्लाका राष्कोट, मुम्रा, सिप्खाना र स्युनाका बाढी पिडितहरुलाई राहत वितरण गरेको छ । सिप्खाना कोलिगाउँ स्कुलको प्राङ्गणमा एक कार्यक्रमका बिच राहत वितरण गरिएको हो ।
नेकपा भेरी कर्णाली ब्युरोको अार्थिक सहयोग र कालिकोट जिल्लाको प्राविधिक र भौतिक सहयोगमा ‘क’ र ‘ख’ श्रेणीका बाढी पिडितहरुलाई राहत वितरण गरिएको छ । साेही कार्यक्रममा ३८ जना घरपरिवारलाई वितरण गरिएको नेकपा जिल्ला सेक्रेटरी रणदिपले बताएका छन् । ‘क’ श्रेणीमा बाढी पैरोमा परि ज्यान गुमाउनु हुने मृतक र ‘ख’ श्रेणीमा पुर्ण रुपमा घर क्षेती भएका ब्यक्तिलाई १/१ बाेरा मसिना चामल राहत स्वरुप वितरण गरिएको छ । उक्त राहत बितरण कार्यक्रमलाई संबोधन गर्दै प्रअ बिराटले स्थानिय जनप्रतिनिधी र गैर सरकारी संस्थाले बितरण गरेको राहत वास्तविक पिडितले नपाई उनका नातागोता पार्टी कार्यकर्ता र पावर वालासम्म मात्र पुगेकाले जनता अन्यायमा परेकोले अाफ्नो पार्टीले वास्तविक पिडितको पहिचान गरि राहत बितरण गरेको बताए ।
उक्त कार्यक्रममा जिल्ला सेक्रेटरी रणदिप जिल्ला सल्लाहकार समितीका संयोजक समग्र, अार्थिक बिभाग सदस्य निर्देशन, युवा संगठन नेपालका अध्यक्ष गोबिन्द्र, बुढा लगायतका नेताकार्यकर्ताको उपस्थीती रहेको थियो । यसैगरि जिल्लाको एरिया नम्बर ४ पचाल झरनाको वडा नम्बर १, २, ३ र ८ मा पनि राहत बितरण गरेको छ । जिल्ला सेक्रेटरी रणदिपको प्रमुख अातिथ्यतामा एरिया ईन्चार्ज दिलमान, गाबिस ईन्चार्ज लोचा, चञ्चल, तखत, हिमचुलिको उपस्थितीमा २० जना बाढी पिडितहरुलाई राहत बितरण गरिएको एरिया ईन्चार्ज दिलमानले बताए ।
यसैगरी नरहरीनाथ लालु, माल्कोट, रुप्साका मृतक र बाढी पिडितहरुलाई जिल्ला सेक्रेटरी रणदिपको उपस्थितीमा ३२ जनालाई राहत बितरण गरिएको लालु गाबिस सेक्रेटरी धनराज विकले बताए । ‘ग’ श्रेणीका बाढी पिडितहरुलाई दोस्रो चरणमा राहत बितरण गरिने नेकपा कालिकोटले बताएको छ ।

प्रतिक्रियाहरु