फेसबुकको नयाँ फिचर ‘फेसबुक अवतार’ जारी

२०७७ आश्विन २६ गते, सोमबार


काठमाडौं । सामाजिक संजाल नयाँ फिचर ‘फेसबुक अवतार’ जारी गरेको छ । अमेरिका, अष्ट्रेलिया, न्यूजील्याण्ड, युरोप र क्यानाडा र भारतपछि अब नेपालमा पनि यसको प्रयोग हुन थालेको छ । फीचरको मद्दतले युजर्सले अपनाउने कार्टुनिस्ट क्यारेक्टर सिर्जना गर्न सकिन्छ । च्याटमा देखिने यो फिचर स्न्यापच्याटमा बिटमोजी र एप्पलको मिमोजी जस्तै नै छ।
फेसबुकको नयाँ फिचरको मद्दतबाट यूजर्सले आफ्नो कार्टुनिष्ट क्यारेक्टर बनाउन र अन्य साथीहरुसँग साझेदारी गर्न सकिन्छ। यो क्यारेक्टरको प्रयोग युजरहरुद्वारा दोस्रो युजर्सको पोस्टमा कमेन्ट गर्दा प्रयोग गर्न सकिन्छ। फेसबुक अवतारको प्रयोग प्रोफाइल पिक्चर र म्यासेन्जर च्याट विन्डोमा हुनसक्छ।
यसका अतिरिक्त यो अवतार थर्ड पार्टी एप्सहरू स्न्यापच्याट, ट्विटर र इन्स्टाग्राममा पनि एक्सपोर्ट हुन सक्छ। यदि आफैं आफ्नो अवतार क्रिएट गर्न चाहेका भने केहि स्टेप फलो गर्नुपर्नेछ। त्यसपछि अवतारलाई क्रिएट गरेर साथीहरुसँग शेयर गर्न सकिन्छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार