केन्द्रीय कारागारमा ३ कैदीबन्दीको मृत्यु

२०७७ भाद्र १६ गते, मंगलवार


काठमाडौं । गएराति केन्द्रीय कारागार सुन्धराका तीन कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु भएकामध्ये एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ । कञ्चनपुरका ४० वर्षीय कोरोना संक्रमित युवकको मेघा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए ।
त्यस्तै सिरहाका ६४ वर्षीय पुरुषको कारागारमै मृत्यु भएको हो । बझाङका ६० वर्षीय पुरुषको पनि गएराति वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बाँस्कोटाले जानकारी दिए । दुबैको मृत्यु कोरोना संक्रमणबाटै भएको आशंका गरिएको छ । उनीहरुको स्वाब परीक्षणको तयारी गरिएको छ । केन्द्रीय कारगारका ५० कैदी र ५६ प्रहरीमा केही दिनअघि संक्रमण पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा आएकाहरुको भने स्वाब संकलन हुन बाँकी रहेको छ । संक्रमण पुष्टि भएको पाँच दिनपछि मात्रै कन्ट्रयाक ट्रेसिङ गर्ने भनिएकाले स्वाब संकलन गर्न बाँकी रहेको केन्द्रिय कारागारले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु