सुन्दर यातायातद्वारा पुरानै भाडामा सवारी सञ्चालन !

२०७७ असार ३० गते, मंगलवार

काठमाडौं, ३० असार । सुन्दर यातायात प्रालिले आजदेखि काठमाडौं उपत्यकामा आफ्ना सवारीसाधन सञ्चालन गर्ने भएको छ । सो प्रालिकी प्रशासन प्रमुख सरिता योगीद्वारा जारी विज्ञप्तिमा सरकारले थप ५० प्रतिशत भाडा लिने निर्णय गरेकामा त्योसमेत नलिई बस सञ्चालन गर्न लागिएको उल्लेख छ । यात्रुको स्वास्थ्यलाई ध्यानमा राखी स्यानिटाइजर, मास्क उपलब्ध गराउने र एक पटक परिक्रमा गरेपछि डिसइन्फेक्सन गरिने प्रालिले जनाएको छ । चालक र सहचालकलाई पञ्जा, स्यानिटाइजर, पीपीई, बुट र मास्कको व्यवस्था गरी बस सेवा सञ्चालन गर्ने पनि योजना छ ।

प्रतिक्रियाहरु