संसदको बजेट अधिवेशन वैशाख २६ गते बोलाउन सिफारिश

२०७७ बैशाख २१ गते, आईतवार

काठमाडौं, २१ वैशाख । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपिरषद् बैठकले २६ गते ४ बजे संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको छ । संविधान अनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नेछन् । अधिवेशनकै लागि संसद हलभित्र सामाजिक दूरी कायम हुने गरी बसाईको व्यवस्थापनसमेत मिलाइसकिएको छ । गत बिहीबार मात्र प्रधानमन्त्री केपी ओली, सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायतले संसद भवन कक्षको निरीक्षण समेत गरेका थिए । संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ गते नयाँ बजेट ल्याउनुपर्ने हुन्छ भने बजेट ल्याउनुअघि सदनमा संसदमा नीति तथा कार्यक्रम पेश गर्ने गरिएको छ ।

प्रतिक्रियाहरु