एनआरएनएद्वारा सरकारलाई स्वास्थ्य सामग्री सहयोग

२०७७ बैशाख १८ गते, बिहीबार

काठमाडौं, १८ बैशाख । गैर आवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष सोनाम लामाले गैर आवासीय नेपाली संघ कोरीया, चीन, हङकङ र मकाउले उपलब्ध गराएका सामाग्री आज स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका छन । त्यस अबसरमा मन्त्री ढकालले स्वास्थ्य सामग्रीहरु पारदर्शि रुपमा प्रयोग हुने र त्यसको विवरण हेर्न सकिने बताए । देश कोरोना संक्रमण बिरुद्ध लडिरहेकाले त्यसमा सहयोग पुगोस भनेर विदेशमा रहेका नेपालीमार्फत सरकारलाई सहयोग गरिएको एनआरएनएले जनाएको छ । थप सामाग्री पनि छिट्टै उपलब्ध गराइने संघले जनाएको छ ।
संघले ३ सय १० थान ज्वरो नाप्ने थर्मोमिटर, २ हजार थान फेस सिल्ड, एन ९५ मास्क १ हजार थान, डिस्पोजेबल मास्क २० हजार थान, ह्याण्ड ग्लोब्स १ हजार थान, पीपीइ गाउन २ हजार थान उपलब्ध गराएको हो ।
यस्तै एनआरएनए चीनले ह्याण्ड ग्लोब्स ३० हजार थान, डिस्पोजेबल मास्क २० हजार थान एन ९५ मास्क १ हजार ४ सय ५० थान उपलब्ध गराएको छ । दक्षिण कोरियामा रहेका नेपालीहरुले यसअघि पनि टेस्टिङ किट, पीपीइ लगायतका सामग्री उपलब्ध गराइसकेको छ ।

प्रतिक्रियाहरु