सुनको भाउ घट्यो

२०७६ माघ २८ गते, मंगलवार

काठमाडौँ, २८ माघ । नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबार सुन प्रति तोला ७६ हजार रुपैया पुगेको छापावाल सुनको भाउ मंगलबार तोलमा १ सय रुपैयाँले घटेर प्रति तोला ७५ हजार ९ सय रुपैयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजावी सुन तोलामा ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी मंगलबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रति तोला ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ । त्यसैगरी भएकोमा आइतबार, सोमबार पनि चाँदी प्रति तोला ८ सय ८० रुपैयामा कारोबार भएको थियो ।

प्रतिक्रियाहरु