घरटहरा भत्काउन निषेधाज्ञा !

२०७६ माघ ५ गते, आईतवार

काठमाडौं , ५ माघ । सिन्धुपाल्चोकको बार्‍हविसेमा बाटो बिस्तारका लागि घरटहरा भत्काउँदा स्थानीयले नाराजुलुश गरेपछि निशेधाज्ञा जारी गरिएको छ । बाह्रविसे नगरपालिका वडा नं ४ स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु भत्काउँदा स्थानीयको विरोध भएपछि निषेधाज्ञा जारी गरिएको छ । शुक्रबारबाट घरटहरा भत्काउन सुरु गरेपछि हिजो स्थानीयले नाराजुलुस गरेकाले निशेधाज्ञा जारी गरिएको हो । स्थानीयले बजार क्षेत्रमा नारा जुलुस गरी नगरपालिकाको कार्यालयमा तालाबन्दी तोडफोड गरेका थिए ।
आज पनि हुलदङ्गा र अशान्ति हुन सक्ने सम्भावना देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को (३.क) बमोजिम निशेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी प्रमुख एसपी प्रज्ववल महर्जनले जानकारी दिए । आज बिहान ८ बजेबाट बेलुकी ५ बजेसम्मका लागि अर्को व्यवस्था नभएसम्मका लागि पाँच जना भन्दा बढी मानिस भेला हुन नपाउने गरी आदेश जारी गरिएको छ । बाह्रविसे बजारबाट पूर्वमा ३०० मिटर, पश्चिममा भोटेकोशी खोला, उत्तरमा इलाका प्रहरी कार्यालय, बाह्रविसे न.पा. ४ र दक्षिणमा बाह्रविसे बजारबाट पिस्कररक्षमादेवी जानेबाटोको सुनकोसी चोकसम्म निशेधाज्ञा जारी गरिएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु