नक्कली हस्ताक्षर बनाई रकम संकलन !

२०७६ पुष ९ गते, बुधबार

काठमाडौँ , ९ पुष । जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समाज काठमाडौँले अध्यक्षको नक्कली हस्ताक्षर बनाई रकम सङ्कलन गरेको भन्दै आपत्ति प्रकट गरेको छ । समाजका सचिव पूर्णबहादुर श्रेष्ठले विज्ञप्ति जारी गरी आपत्ति प्रकट गरेका हुन् । उनको विज्ञप्तिमा भनिएको छ, ‘ जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समाजअन्तर्गत केही व्यक्तिले हाम्रो सङ्गठनको बदनामी गर्ने गरी नक्कली सहयोग रसिद बनाई पैसा लेनदेन गराएको पाइएको र उक्त रसिदमा रत्न मगरको नक्कली हस्ताक्षर गरी आर्थिक उठाएको पाइएकाले हाम्रो जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समाजले कुनै आर्थिक कारोबार नगरेको र रत्न मगर २०७६ मङ्सिर २३ गतेदेखि उपत्यकाबाहिर रहेको सम्पूर्ण निकायलाई ध्यानाकर्षण गराउँछौँ ।’ विज्ञप्तिमा समाजका अध्यक्षको बदनामी गर्ने व्यक्तिलाई मञ्चले कारबाही गर्ने जानकारी गराइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु