‘खाँ पिहाँवइगु’ जात्रा हुदै

२०७६ आश्विन २२ गते, बुधबार

काठमाडौं, २२ असोज । आज बडादसैंअन्तर्गत् एकादशीको दिन थिमिको तत्कालीन दरबारबाट तलेजु भवानीसँगै खाँ पिहाँवइगु जात्रा हुदैछ । मल्लकालीन युद्धको झझल्को दिने ‘खाँ पिहाँवइगु’ जात्रा भक्तपुरको मध्यपुरथिमिमा हुने गर्दछ । दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा ढाल, खड्ग तथा तरबारसहितको युद्ध कवाज प्रदर्शन गर्ने चलन छ । गुठीयारहरुले जामा लगाएर खड्ग, ढाल र तरबार हातमा बोकेर तत्कालीन युद्धकला प्रदर्शन गरिन्छ । जात्रालाई नगरका विभिन्न टोलमा प्रदर्शन गरिन्छ ।
जात्रामा महानवमीको राति तलेजुमा बलि दिइएको राँगाको टाउको नगर परिक्रमा गराइ युद्धकलाका सामग्रीसमेत प्रदर्शन गरिन्छ । एकादशी भएकाले आज कुभिन्डोलाई बालकुमारी पीठमा बलि दिइन्छ । बलि दिइएको कुभिन्डो प्रसादकोरुपमा लिए रोगबाट बच्न सकिने जनविश्वास रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु