आजदेखि नयाँ नोट साँट्न पाइने

२०७६ आश्विन १० गते, शुक्रबार

काठमाडौं, १० असोज । आजदेखि नयाँ नयाँ नोट साट्न पाइने भएको छ । दशैँको अवसरमा नेपाल राष्ट्र बैंकले साना दरका नयाँ सुकिलो नोटको माग उच्च हुने विगतको अनुभवका आधारमा विभिन्न बैंक तथा वित्तिय संस्थामार्फत सटहीको सुविधा दिन लागेको हो । केन्द्रीय बैंकले मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट नयाँ नोट उपलब्ध गराउने जनाएको छ ।
त्यसैगरी राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका काठमाडौं उपत्यकामा रहेका बिभिन्न शाखाबाट पनि नयाँ नोट साट्न पाइने भएको छ । बैंकले ५, १०, २०, ५० र १०० दरले प्रति व्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ सटही सुविधा उपलब्ध गराउने भएको हो । नयाँ नो साट्नका लागि नेपाल बैंकका नयाँ सडक, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखामा व्यवस्था मिलाइएको छ ।
त्यस्तै, कृषि विकास बैंकका गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट नयाँ नोट दिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार शाखा, टेकु, नयाँ बानेश्वर, सानोठिमि, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट व्यवस्थापन गरिने भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु