‘पत्रकार हुँ’ भन्दै ट्राफिकलाई १ लाख ५० हजार ठग्ने पक्राउ

२०७६ असार ३१ गते, मंगलवार

काठमाडौं, ३१ असार । युगबोध पत्रिकाको ‘पत्रकार हुँ’ भन्दै ट्राफिक प्रहरी हवल्दार पूर्ण आकाश दीप सिंहलाई एक लाख ५० हजार ठग्ने पक्राउ परेका छन् । सिंहलाई ठग्ने तुलसीपुर उपनगरपालिका- १५ कोठरी बस्ने २६ वर्षीय सुनिल न्यौउपाने पक्राउ परेका हुन् । घोराही उपनगरपालिका-१७ उखुबारीस्थित सडक खण्डमा हवल्दार न्यौपानेले रा ३ प ११८१ नम्बरकाे मोटरसाइकल चेकजाच गर्दा उक्त मोटरसाइकलकाे कागजात नभएपछि जरिवाना लिएका थिए । साेहि क्रममा फोटो खिची फाेटाे/भिडियाे भाइरल गराइदिन्छु भन्दै न्यौउपाने हवल्दार दीप सिंहलाई पटकपटक ठग्दै आएका थिए ।
पीडित प्रहरी हवल्दार दीप सिंहले दिएकाे जाहेरीमा अख्तियार दुरुपयोग अनुसान्धन आयोग टंगालको पत्रादेश दिएपछि न्यौउपानेलाई पक्राउ गरिएको हो । न्यौउपान यसअघि जेठ २३ गते पनि रङ्गेहात पक्राउ परेका थिए । उनी असार २२ गते मात्र विशेष अदालत काठमाडौंबाट धलौटीमा छुटेका थिए ।

प्रतिक्रियाहरु