सूर्यग्रहण लाग्दै

२०७६ असार १७ गते, मंगलवार

काठमाडौं, १७ असार । आज सूर्यग्रहण लाग्दैछ । आजको सूर्यग्रहण नेपाल लगायत एसियाली देशमा भने देखिने छैन् । सूर्य ग्रहण प्रशांत महासागर र दक्षिण अमेरिकाबाट देखिनेछ । द वेदर च्यानलका अनुसार, सूर्य ग्रहण ६ हजार माइलको दुरीबाट गुज्रनेछ । यो सूर्यग्रहण चार मिनेट ३३ सेकेण्डसम्म चल्ने संभावना रहेको छ । रिपोर्टका अनुसार, सूर्य ग्रहण चिली र अर्जेंटीनाको केहि हिस्सा र दक्षिण प्रशांतको इलाकामा छाउनेछ । दक्षिण अमेरिकाका केहि देशबाट आंशिक ग्रहण दिखिनेछ ।
पौराणिक ज्योतिष मान्यताका अनुसार ग्रहणको समयमा मानिसले केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । यस्तोमा यो समयमा केही काम गर्न वर्जित गरिएको छ । विशेषगरी गर्भवती महिलाले यस विषयमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यस किसिमका महिलाको लागि आफ्ना बच्चाको सुरक्षाको प्राथमिकता सबैभन्दा महत्वपूर्ण कुरा रहने गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु