एनसेलले ३९ अर्ब ६ करोड ६ लाख तिर्नुपर्ने

२०७६ बैशाख ४ गते, बुधबार

काठमाडौँ, ४ वैशाख । सर्वोच्च अदालतले एनसेललाई बक्यौता तिर्न आदेश दिएपछि ठूला करदाता कार्यालयले एनसेलले तिर्नपर्ने करको हिसाब निकालेको छ । बिलम्ब शुल्क र ब्याज गरी एनसेललाई कूल ६२ अर्ब ६३ करोड रुपैयाँ सातभित्र तिर्नपर्ने सर्वोच्चले आदेश दिएको छ । एनसेलले यो भन्दा पहिला कर तथा विलम्ब शुल्कसंग २३ अर्ब ५७ करोड ४२ लाख ७५ हजार ५ सय ६६ तिरिसकेको थियो । अब भने एनसेलले ३९ अर्ब ६ करोड ६ लाख तिर्नुपर्ने भएको छ । सरकारलाई केहि समय अगाडि सर्वोच्च अदालतले तीन महिनाभित्र एनसेलबाट कर उठाउन आदेश दिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु