सिक्टाले ४३ हजार हेक्टरमा सिँचाइ पुर्याउने

२०७० भाद्र ९ गते, आईतवार

काठमाडौँ । बा“केमा निर्माणाधीन बहुप्रतीक्षित सिक्टा सि“चाइ आयोजनाबाट करिब ४३ हजार हेक्टर जमिनमा सि“चाइ सुविधा पुग्ने भएको छ । आव २०६२/०६३ देखि निर्माण कार्यसुरु गरिएको सो आयोजनाले जिल्लाको ४२ हजार ७ सय ६६ हेक्टर जमिन सिञ्चित गर्ने जनाइएको छ । जिल्लामा उर्वभूमि भएपनि सि“चाइको व्यवस्था नहु“दा ठूलो परिमाणमा जमिन बाँझो रहँदै आएको छ । आयोजना सम्पन्न भएपछि बाहै्र महिना पानी उपलब्ध हुने आयोजनाका निर्देशक दिलीप कार्कीले बताए । र्सवेक्षणअनुसार खडेरीको सिजनमा पानी केही मात्रामा कमी हुने भएपनि वर्षरि पानी उपलब्ध हुनेछ । यसको मुख्य स्रोत राप्ती नदी भएको र हाल अन्य स्रोत जुटाउनका लागि डुडुवा नदि र सिधनिया घाटको र्सर्वेक्षणपछि काम थालनी भएको छ । खेतिका लागि उर्वरभूमि मानिने जिल्लामा आयोजना सम्पन्न हुने बेलासम्म करिब रु. १६ अर्ब लाग्ने जनाइएको छ । आयोजनाले मूल नहरको दाया“तर्फ३३ हजार ७ सय ६६ हेक्टर र बाया“तर्फ९ हजार हेक्टर जमिनमा सि“चाइ सुविधा पुर्याउने सिक्टा सि“चाइ आयोजना बा“केले जनाएको छ । हालसम्म करिब ७ अर्बखर्च भइसकेको आयोजनाका लागि चालू आवमा सरकारले १ अर्ब १२ करोड रूपैयाँ विनियोजन गरेको कार्कीले बताए । उनले भने, र्’अर्थमन्त्रालयमा १ अर्ब ५० करोड आवश्यक पर्ने गरी शीषअनुसार बजेटको माग गरे पनि निर्वाचनका कारण ३८ करोड रूपैयाँ कटौती भएछ ।’ पहिलो चरणमा १५ किलोमिटर मुख्य नहरको काम सम्पन्न भइसकेको छ भने अन्य ३५ किलोमिटरको मुख्य नहर बनाउने कार्य तत्काल सुरु हुने जनाइएको छ । ५० मिटरको मुख्य नहरसहित २ सय ३३ किलोमिटरको शाखा नहर बन्नेछन् । मुख्य नहरमध्येको ३५ किलोमिटरको काम ३ स्थानीय कम्पनी र एउटा अन्तर्रााट्रय कम्पनी सीटीसी कालिका कन्ट्रक्सनले गर्ने जनाइएको छ ।चालू आवमा डुडुवा नदी र सिधनिया घाटको च्यानलको काम थालिनेसमेत उनले जानकारी दिए । सुरुमा मुख्य केन्द्रमा बनेको व्यारेजको गेटसमेत चालू आवमा सुरु गरिने भएको छ ।

प्रतिक्रियाहरु