उखुको भुक्तानी नदिने अग्रवाल पक्राउ

२०७५ कार्तिक १४ गते, बुधबार

काठमाडौं, १४ कात्तिक । उखु किसानको भुक्तानी नदिएको आरोपमा प्रहरीले काठमाडौंको त्रिपुरेश्वरबाट बुधबार उद्योगी राकेश अग्रवाललाई पक्राउ गरेको छ । अग्रवाल इन्दिरा सुगर मिल एन्ड एग्रो प्रालि नवलपरासी तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीका सन्चालक हुन् । इन्दिरा सुगर मिल एन्ड एग्रो प्रालि नवलपरासीले रु ८ करोड ५८ लाख ९६ हजार ४८१ तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीले रु ३८ करोड ६८ लाख किसानको बक्यौता तिर्न बाँकी रहेको जनाइएको छ ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा मंगलबारमात्रै गृह मन्त्रालयले पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएपछि उद्योगी अग्रवाललाई बुधबार पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख वसन्त लामाले जानकारी दिए ।- रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु