‘स्मार्ट कार्ड’ निजी कम्पनीले छाप्दै

२०७५ कार्तिक ६ गते, मंगलवार

काठमाडौं, ६ कार्तिक । यातायात व्यवस्था विभागले पर्याप्त स्मार्ट कार्ड छाप्न नसकेपछि निजी कम्पनीलाई छपाइको अनुमति दिएअनुसार आजदेखि दैनिक २० हजारभन्दा बढी स्मार्ट कार्ड छापिने भएको हो । मन्त्रिपरिषद्को भदौ ५ गतेको निर्णयअनुसार मालिका इन्कर्पोरेटेड प्रालिले आजबाट सन् २०१८ को जनवरीदेखिपछि नयाँ लाइसेन्स लिने वा नवीकरणको निवेदन दिने सेवाग्राहीको कार्ड छाप्ने छ ।
निजी कम्पनीले ४५ दिनभित्र करिब पाँच लाख कार्ड प्रिन्ट गर्ने विभागको दावी छ । यातायात व्यवस्था विभागले खरिद गरेको मेसिनमा बारम्बार समस्या आएपछि हाल ट्रायल पास गरेका साढे पाँच लाख चालक स्मार्ट कार्डको प्रतीक्षामा छन् । विभागले नौवटा मेसिन सञ्चालन गरेर दुई महिनाभित्र सबै स्मार्ट कार्ड वितरण गर्ने योजना अगाडि सारेको थियो । विभागले २०७२ मंसिरबाट स्मार्ट कार्ड वितरण प्रक्रिया सुरु गरेको थियो ।

प्रतिक्रियाहरु