नुवाकोट र सिन्धुलीमा बस दुर्घटना

२०७५ आश्विन २६ गते, शुक्रबार

काठमाडौं, २६ असोज । समुन्द्रटारबाट त्रिशुलीको लागि छुटेको बा १ ख ६३५६ नम्बरको बस दुर्घटनामा भएको छ । शुक्रबार बिहान नुवाकोटको सुर्यगढी गाउँपालिका ५ कल्लेरीखोल्चा छेउमा यात्रुबाहक बस दुर्घटना भएको हो । घटनास्थलमा २ जनाको मृत्यु भएको र ३० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये १० जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परी घाइतेहरूलाई उपचारका लागि त्रिशुली र काठमाडौँ लगिएको छ । यात्रुहरू दशैँको किनमेलका लागि जिल्ला सदरमुका जाँदैथिए । बस सडकबाट करिब १ सय मिटर तल खसेको छ । बसको क्षमता २८ जना यात्रु बोक्ने भएपनि बसमा करिब ५० जना यात्रु रहेको बताइएको छ ।
यसैगरी सिन्धुलीको मुल्कोटमा यात्रुबाहक बस शुक्रबारै दुर्घट्ना भएको छ । दुर्घटनाबाट १ जनाको मृत्यू भएको छ भने ४ घाइते भएको जानकारी पत्रकार मीनकुमार दाहालले दिएका छन् । उक्त सवारी साधन सिन्धुलीको मरिनबाट काठमाडौँ आइरहेको बासुकी यातायात ९१२ सुनकोशी गाउँपालिका ५ स्थित हात्तीगौडा मुल्कोटमा दुर्घट्ना भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु