स्वर्ण लिपी ग्रन्थसहित तीन जना पक्राउ

२०७५ आश्विन २० गते, शनिबार

काठमाडौं , २० असोज । बहुमुल्य पुरातात्विक स्वर्ण लिपी ग्रन्थसहित तीन जना पक्राउ परेका छन् । छालामा सुनले लेखिएको पुरातात्विक ग्रन्थका पाना बिक्री गर्न हिँडिरहेको अवस्थामा भीमेश्वर नगरपालिका वडा नम्बर– ९ स्थित खरीढुंगाबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भिमेश्वर नगरपालिका वडा नम्बर–३ तार्थलीका शिवहरी थापा, गौतम टोलका उद्धव गौतम र टेकबहादुर थामी रहेको दोलखा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले जानकारी दिए ।
पक्राउ परेकाहरुका साथबाट बौद्ध ग्रन्थ अष्टसहस्रिका प्रज्ञापारमिताको ४९ थान बीचका पाना फेला परेको छ । करिब १९ लाख ६० हजार रुपैयाँ मूल्य बराबरको ग्रन्थसहित पक्राउ परेका सबैलाई प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुुसार मुद्दा चलाईने दोलखा प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु