१८ कम्पनीका सिमेन्ट विक्री वितरणमा रोक

२०७० भाद्र ४ गते, मंगलवार

काठमाडौ,४ भदौ – सरकारले १८ वटा सिमेन्ट कम्पनीको उत्पादन तथा विक्री वितरणमा रोक लगाएको छ ।कम गुणस्तर सिमेन्ट उत्पादन गरेर विक्री गरेको तथा नेपाल गुणस्तर प्रमाणपत्र चिन्हको इजाजत नलिएका १८ वटा सिमेन्ट कम्पनीको उत्पादन र वितरण रोकी कारबाही अघि बढाइएको नेपाल गुणस्तर तथा नाप तौल विभागले जनाएको छ ।विभागले तोकिएको मापदण्ड भन्दा कम गुणस्तरको सिमेन्ट उत्पादन गरेर विक्री वितरण गर्दै आएको बुटवल सिमेन्ट र शुभश्री जगदम्बा सिमेन्ट उद्योगको उत्पादन र विक्री वितरण रोकेको छ ।त्यस्तै अनिवार्य रुपमा नेपाल गुणस्तर चिन्ह प्रयोग गरी सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्नुपर्नेमा गुणस्तर चिन्हको इजाजत नलिएका तथा चिन्ह प्रयोग नगरेका १६ वटा कम्पनीको उत्पादन र विक्रिवितरणमा रोक लगाइएको विभागले जनाएको छ ।विभागका अनुसार सिजी सिमेन्ट, रोल्पा सिमेन्ट, अरनिको सिमेन्ट, घोराही सिमेन्ट, इन्टरनेशनल सिमेन्ट, एमजेपी सिमेन्ट, मारुती सिमेन्ट, कैलाश सिमेन्टको उत्पादन तथा विक्रि वितरण रोकिएको छ ।त्यस्तै स्टार सिमेन्ट, कृष्ण सिमेन्ट, केपी सिमेन्ट, श्री सिमेन्ट ओम सिमेन्ट र इस्टन कसमस सिमेन्टले गुणस्तर प्रमाणपत्र नलिइएको तथा चिन्ह प्रयोग नगरेको भन्दै उत्पादन र विक्री वितरणमा रोक लगाउँदै कारवाही प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु