बीमा विधेयक संशोधन नगरे आन्दोलन !

२०७५ श्रावण १५ गते, मंगलवार

काठमाडौं, १५ साउन । बीमा सर्भेयर सङ्घ नेपालले बीमा विधेयक–२०७५ संशोधन गर्न आवश्यक रहेको बताएको छ । सङ्घीय संसदमा प्रस्तुत उक्त विधेयक बीमा सर्भेयरहरूको हकहितका विरुद्ध भएको सङ्घको भनाइ छ ।
सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सङ्घले विधेयक संशोधन गरेर सर्भेयरहरूको अधिकार संरक्षण गर्न सरकारसँग माग गरेको छ । सङ्घले विधेयकमार्फत सर्भेयरहरूको मुद्दा सम्बोधन नभएमा आन्दोलन गर्ने चेतावनी दिएको छ।
प्रस्तावित बीमा ऐन सर्भेयरका लागि अस्पष्ट र अपूर्ण रहेको सङ्घको भनाइ छ । सङ्घका अध्यक्ष सूर्यप्रसाद जोशीले सर्भेयरले सबै प्रकारका बीमामा सर्भे गर्न पाउनुपर्ने बताएकाे छ ।
नेपालमा विशुद्ध रूपमा यही पेशामा लागेका सर्भेयरलाई यस व्यवस्थाले जीविकोपार्जन गर्न गाह्रो हुने भन्दै उनले यस प्रस्तावलाई संशोधन गरी प्रचलित ऐनअनुसार आम सर्भेयरले काम गर्न पाउनुपर्ने बताए । प्रस्तावित ऐनमा सर्भेयरलाई हटाएर उनीहरूलाई मध्यस्थकर्तामा परिभाषित गर्नु अव्यावहारिक रहेकाे उनको भनाइ छ ।- आर्थिक अभियानवाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु