बैंकर्स संघकाे अाकस्मिक बैठक सम्पन्न

२०७५ असार १ गते, शुक्रबार

काठमाडौँ, १ असार । अाज बिहान नेपाल बैंकर्स संघकाे अाकस्मिक बैठक बसेकाे छ । संघकाे कार्यसमिति बैठकले बैंकहरूबीच मनपरी ब्याज बृद्धिकाे हाेड चल्दा ऋणीहरुलाई थप मार पर्ने निष्कर्ष निकालेकाे छ। साथै बैंकहरुको पनि खराब कर्जा समेत बढेर प्रणालीगत जोखिम आउन सक्ने निष्कर्ष बैठककाे छ । साथै ब्याजदर वृद्धिलार्इ राष्ट्र बैंककाे सहयाेगकाे अपेक्षा बैठकले गरेकाे स्राेतले बतायाे । संघले गत आइतबार बचतमा ८ र मुद्दति खातामा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने भन्ने पाँच महिनाअघिदेखिको बैंकहरूबीचकाे सहमति खारेज गरेको थियो। त्यसलगत्तै वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाउन हाेडबाजी नै चलाएका छन् । यसरी ब्याजदर बढाउनेमा एकसेएक बैंक अघि सरेका छन् । एनअाइसी एसिया बैंकले १२ प्रतिशत निक्षेपकाे ब्याजदर पुर्याएलगत्तै सिभिल बैंकले १२.२२ र सेञ्चुरी बैंकले साढे १२ प्रतिशत निक्षेपको ब्याज दर पुर्याएको थियो। यस्तै सिद्धार्थ बैंकले पनि एक वर्षे मुद्दतिमा १२ प्रतिशत तथा ३ महिनासम्मकाे मुद्दति निक्षेपमा ११ प्रतिशत ब्याज दिन घाेषणा गरिसकेकाे छ । तर केही बैंकहरूले संस्थागत निक्षेपकर्तालाई भने भित्रभित्रै साढे १३ प्रतिशतसम्म ब्याज आह्वानमा निक्षेप संकलन गर्ने हाेडबाजी नै चलाएका छन् । दुई दिनअघि मात्र नागरिक लगानी कोषले ३ अर्ब रुपैयाँ निक्षेप राख्नका लागि बैंकहरुसँग प्रस्ताव माग गर्दा केही बैंकले साढे १३ प्रतिशत वार्षिक ब्याजदर कबुल गर्ने बैंकले मात्र निक्षेप पाएकाे बताइन्छ ।

प्रतिक्रियाहरु