चट्याङ लागेर २ जनाको मृत्यु, ४ घाइते

२०७५ जेष्ठ २३ गते, बुधबार

काठमाडौं, २३ जेठ । मकवानपुरको बकैया गाउँपालिका–९ च्याउच्याउमा परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । हावाहुरीसँगै गएराति परेको चट्याङ लागेर ५५ वर्षीया छलिमाया थिङ र उनका १५ महिने नाती देव थिङको मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका उनीहरुको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर ४ जना घाइते भएका छन् । घाइते हुनेमा निर्मला भ्लोन, निमेष भ्लोन, निशा भ्लोन र राजु थिङ रहेका छन् । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु