बर्डफ्लूको पुष्टि

२०७५ जेष्ठ ११ गते, शुक्रबार

काठमाडौं, ११ जेठ । चितवनमा पसलमा बेच्न राखिएको कुखुराको मासुमै बर्डफ्लू संक्रमणको पुष्टि भएको छ । भरतपुर महानगरपालिका–२ को बालकुमारी सब्जीमन्डीमा बिक्रीका लागि राखिएका १० ओटा मासु पसलबाट १२ ओटा नमुना संकलन गरी परीक्षण गर्दा एउटामा बर्डफ्लू देखिएको हो । सोही सब्जीमन्डीमा राखिएका जिउँदो कुखुरामा पनि बर्डफ्लू फेलापरेको र दुवै स्थानका हाँस तथा कुखुरा शुक्रबार चिकित्सकसहितको टोलीले नस्ट गरेको जनाइएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर–६, देवनगरस्थित मयुरी कटेजमा पालिएका हाँस तथा कुखुरामा बर्डफ्लू देखिएको हो । कटेजमा थोरै संख्यामा पालिएको कुखुरा तथा हाँस बिरामी भएर परीक्षण गर्दा बर्डफ्लू भएको पुष्टि भएको हो । भरतपुरको राष्ट्रिय पक्षीरोग प्रयोगशालामा परीक्षण गर्दा ‘इन्फ्लुएन्जा पोजेटिभ’ देखिएपछि थप परीक्षणका लागि मंगलबार काठमाडौं पठाइएकामा बर्डफ्लू भएको पुष्टिको रिपोर्ट आएको जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा. चेतनारायण खरेलले जानकारी दिए ।

प्रतिक्रियाहरु