दाेब्बर भाडा असुल्न थालेपछि ‘चार्टर्ड उडान’ बन्द

२०७५ जेष्ठ १० गते, बिहीबार

काठमाण्डौ, १० जेठ । नेपालगञ्जबाट पहाडी क्षेत्रमा हुँदै अाएका सबै चार्टर्ड उडान अाजबाट बन्द भएका छन् । यहाँबाट प्रदेश ५, ६ र ७ का अधिकांश पहाडी जिल्ला र विशेषगरी कर्णालीका उच्च पहाडी भेगमा चार्टर्ड उडान हुँदै अाएका थिए । तर चार्टर्डका नाउँमा यात्रुबाट दाेब्बर भाडा असुली हुन थालेपछि उडान बन्द गर्ने निर्णय गरिएकाे हाे ।
नागरिक उड्डयन कार्यालय नेपालगन्जका प्रमुख प्रतापबाबु तिवारीले चार्टर्ड उडान बन्द भएकाे जानकारी दिँदै अब सबै उडानमा समान भाडादर कायम भएको बताए । नयाँ भाडादर पहिलेको सहुलियत दरभन्दा अलिक महँगो र चार्टरभन्दा सस्तो पर्ने उनकाे भनाइ छ ।
यसअघि निजी विमान कम्पनीहरूले तथकाकथित ‘चार्टर्ड उडान’को नाउँमा दोब्बरभन्दा बढी भाडा असुल्दै आएका थिए भने हीताकाे एक दिन मात्र सहुलियत उडान हुने गरेको थियो । हाल नेपालगन्जबाट नेपाल एयरलाइन्सका साथै तारा, सीता, समीटलगायतका एयरलाइन्सले पहाडी जिल्लामा हवार्इ सेवा दिइरहेका छन् ।

प्रतिक्रियाहरु