मोटरसाइकल तथा स्कुटरबाट प्रदूषण कर असुल्ने तयारी

२०७५ जेष्ठ ४ गते, शुक्रबार

काठमाडौं, ४ जेठ । यातायात व्यवस्था विभागले आगामी आर्थिक वर्षदेखि दुई पाङ्ग्रे सवारी (मोटरसाइकल तथा स्कुटर) मा प्रदूषण कर लगाउने प्रस्ताव गरेको छ । उक्त कर नयाँ दर्ता तथा वार्षिक नवीकरणका क्रममा संकलन गरिने छ । विभागले मोटरसाइकल प्रयोगकर्तासँग नयाँ शीर्षकका करको भार थप्दै वार्षिक २ सय रुपैयाँ प्रदूषण कर संकलन गर्ने प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा प्रस्ताव गरेको हो । बजेट निर्माणको चरणमा मोटरसाइकल प्रयोगमा पनि प्रदूषण कर संकलन गर्न सकिनेगरी अर्थ मन्त्रालयमा प्रस्ताव गरेको विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए । –कारोबार दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु