बहुविवाह कानुनी रुपमा दर्ता नहुने

२०७५ बैशाख ८ गते, शनिबार

काठमाडौं, ८ बैशाख । आँउदो भदौ १ गतेदेखि बहुविवाह कानुनी रुपमा दर्ता नहुने भएको छ । मौजुदा कानुनले कसैले बहुविवाह गरे र पीडित पक्षले मुद्दा हाले कानुनी कारबाहीको व्यवस्था गरिएको छ । तर भदौबाट लागू हुने नयाँ कानूनमा वहुविवाह भन्ने शब्दलाई नै बन्देज लगाइएको छ । बलात्कार गरेर हत्या गरेमा, अपहरण गरेर हत्या गरेमा, जातीय(जाति नै समाप्त हुने गरी) हत्य गरेमा आजीवन काराबासको व्यवस्था गरिएको छ । मुलुकी अपराध(संहिता) ऐन, २०७४ ले समाजमा गलत गतिविधि गर्नेलाई कडा कानुनी कारवाही गर्ने कानुन पारित गरेको छ । -नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रियाहरु