महानगरको काम – भुस्याहा कुकुर व्यवस्थापनका नाममा दुई करोड झ्वाम

२०७४ चैत्र ५ गते, सोमबार

काठमाण्डाै , ५ चैत । काठमाडाैं महानगरपालिकाभित्र भुस्याहा कुकुर व्यवस्थापनका नाममा दुई वर्षमै करिब दुई करोड रुपैयाँ सकिएको छ । व्यवस्थापनका नाममा ठूलो रकम खर्च भए पनि भुस्याहा कुकुर आतंक भने बढ्दो छ ।पहिलेदेखि नै महानगरपालिकाले भुस्याहा कुकुर व्यवस्थापनका लागि बजेट छुट्याउने गरेको थियो । पुराना कार्यक्रम प्रभावकारी नभएको भन्दै दुई वर्षअघि महनगरपालिकाले कुकुर व्यवस्थापन गर्न ‘मनुमित्र’ कार्यक्रम सुरु गर्यो । गैरसरकारी संस्थासँगको साझेदारीमा सञ्चालित यो कार्यक्रम पहिलेजस्तै बजेट सक्नमा मात्र सीमित रह्यो । कार्यक्रमअन्तर्गत गैसस र महानगरपालिकाले दुई करोड रुपैयाँ खर्च गरे पनि भुस्याहा कुकुरको समस्या भने घट्नुको साटो बढ्दो छ । – नागरिक दैनिकबाट

प्रतिक्रियाहरु