नाडा अटो सो भदौ २६ गतेदेखि

२०७० श्रावण १४ गते, सोमबार

काठमाण्डौ, १४ साउन । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसनले आगामी भदौ २६ गतेदेखि आठौं नाडा अटो सो आयोजना गर्ने भएको छ । काठमाण्डौको भृकुटीमण्डममा पाँच दिनसम्म चल्ने प्रर्दशनीमा अटोमोबाइलसम्बन्धी सम्पूर्ण बस्तु तथा सेवाको प्रर्दशनी गरिने एसोसिएसनले जनाएको छ । ग्लोबल एक्सपोजिसन तथा म्यानेजमेन्ट सर्भिसेजसँगको सहकार्यमा आयोजना गर्न लागिएको मेलामा करिव १ सय स्टल रहने बताइएको छ । साउन १५ गतेदेखि नै बुकिङ खुला गरिएको छ । प्रर्दशनीमा दुई पाङग्रे र चार पाङग्रे सवारीसाधनलाई छुट्टाछुट्टै पेविलियनमा राखिने छ । प्रर्दशनीमा अटोसम्बन्धी वित्तिय सेवा, बिक्रिपछिका सेवा, इन्सुरेन्स सेवा सुबिधाबारे पनि जानकारीसहितका स्टल राखिने छ । प्रर्दशनीमा नेपाल, भारत, चीन, कोरिया, जापान, अमेरिका, जर्मनी, चेक गणराज्य लगायतका देशमा बनेका सवारीसाधनहरु राखिने छन । प्रर्दशनीकै अबसरमा बिभिन्न कम्पनीले गाडी बुकिङमा बिशेष छुटसमेत दिनेछन् । करिव ५० हजार दर्शकले अबलोकन गर्ने अपेक्षा गरिएको मेलामा सहभागीता बढाउन मनोरञ्जन र खानाका स्टलहरुसमेत रहनेछन् ।

प्रतिक्रियाहरु