सात महिनामै दुई लाखभन्दा बढी सवारीसाधन दर्ता

२०७४ फाल्गुन २८ गते, सोमबार

काठमाडौं, २८ फागुन । चालु आर्थिक वर्ष २०७४/०७५ को सात महिनामै दुई लाखभन्दा बढी सवारीसाधन दर्ता भएका छन् । तर, चालु आवको सात महिनामा दर्ता भएका सवारीको संख्या गत आवको ६ महिनाको संख्या बराबर छ । सात महिनामा कार÷जिप दर्ताको संख्यामा भने गिरावट आएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईका अनुसार चालु आवको सात महिनामा देशभरका यातायात कार्यालयमा दुई लाख १६ हजार नौ सय ८६ वटा सवारी दर्ता भएका छन् । तर, गत आवको ६ महिनामै दुई लाख ११ हजार नौ सय ६९ सवारी दर्ता भएका थिए । चालु आवको सात महिनामा दर्ता भएका सावारीको संख्या गत आवको ६ महिनामा दर्ता भएका सवारी संख्याभन्दा पाँच हजार १७ बढी हो । थपिएका सवारीको संख्या गत आवमा भित्रिएका कुल सवारीको ४८ प्रतिशत हो । गत आवमा चार लाख ४४ हजार दुई सय ५९ सवारी दर्ता भएका थिए ।
यसैगरी गत आवको ६ महिनामा भने आव २०७२/७३ मा दर्ता भएका सवारीको ३८ प्रतिशत सवारी थपिएका थिए । गत आवको ६ महिनामा दुई लाख ११ हजार नौ सय ६९ सवारी थपिएका थिए । नेपालमा कार÷जिप, भ्यान, बस, पिकअप, ट्रक, क्रेन, डोजर, एस्काभेटर, माइक्रो बस, टेम्पो, ट्र्याक्टर, ई–रिक्सालगायत गाडी आयात हुन्छन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रियाहरु