साँझ ७ बजेसम्म सवारी साधन चलाउन रोक

२०७४ मंसिर २१ गते, बिहीबार

काठमाडौं, २१ मंसिर । आज निर्वाचन भइरहेका जिल्लाहरुमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । गृह मन्त्रालयले ४५ जिल्लामा अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालनमा रोक लगाएको हो । सुरक्षाका कारण गएराति १२ बजेदेखि आज बेलुका ७ बजेसम्म यातायातका साधन चलाउन रोक लगाइएको हो । तर सुरक्षा निकाय र निर्वाचन प्रयोजनका लागि पास लिएका सवारी साधन भने चलेका छन् ।
यस्तै अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल, खानेपानी, शववाहन, दूरसञ्चार तथा दूध ढुवानीलगायतका सवारी साधन चल्न दिइएको गृह मन्त्रालयले जनाएको छ । सवारी साधन सञ्चालनमा रोक लगाइएपछि सडकहरु सुनसान देखिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु