आर्थिक सर्वेक्षण सार्वजनिक हुदै

२०७० असार २८ गते, शुक्रबार

काठमाडौं, असार २८ – सरकारले आज दिउँसो १ बजे आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने भएको छ ।चालु आर्थिक वर्षको बजेट समीक्षा र अर्को वर्षको योजनासहित आर्थिक सर्वेक्षण सार्वजनिक गरिने अर्थ मन्त्रालयले जनाएको छ ।यसवर्ष समयमा बजेट नआउँदा, लक्ष्य अनुसार राजस्व संकलन नहुँदा तथा उत्पादन क्षेत्रमा ह्रास आएर आयात बढ्दा आर्थिक वृद्धिदर घट्ने भएको छ । मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा देशको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतको दरले मात्र बढ्ने भएको छ ।यो ६ वर्ष यताकै न्यून बृद्धिदर हो । चालु आर्थिक वर्षमा सरकारले लक्ष्य अनुसार मूल्यबृद्धि नियन्त्रण गर्न पनि सकेको छैन । यसवर्ष झण्डै १० प्रतिशत मूल्यबृद्धि भएको सर्वेक्षणमा उल्लेख छ । यो ४ वर्ष यताकै उच्च हो ।
बजेटपूर्व आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने चलन छ । आउँदो वर्ष सरकारले राष्ट्रिय योजना आयोगले तोकेको सीमा अनुसार ५ खर्ब ६ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।बजेटमा निर्वाचनका साथै उर्जा, कृषि, भौतिक पूर्वाधार, पर्यटन र आयात–निर्यातलाई मुख्य प्राथमिकतामा राखिने मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रियाहरु