चुम्बन लिनुस् सित्तैमा कफी पिउनुस्

२०७० जेष्ठ २३ गते, बिहीबार

सिड्नी । सिड्नीस्थित मेट्रो सेन्ट जेम्स नामक फ्रेन्च क्याफेले आफ्नो प्रचार अभियान चलाइरहेको छ । प्रचार अभियान अन्तर्गत यो क्याफेले ग्राहकबाट कफी पिएको शुल्क लिने गरेको छैन । बरु त्यसका लागि उनीहरुले एकअर्काको चुम्बन गर्नुपर्छ ।यो क्याफेले बिहान ९ बजेदेखि साँझ ११ बजेसम्मको समयमा कफी पिउनेहरुबाट यसरी नै चुम्बन गराइरहेको छ । यसका लागि आवश्यक छ कि कफी पिउन आउने कपल नै हुनुपर्छ । मेट्रो सेन्ट जेम्सको फेसबुक पेजमा लेखिएको छ–हामी त रोमान्स मन पराउने कपल हौ । जुन महिनामा आफ्नो साथीसँग बिहान ९ बजेदेखि ११ बजेसम्म क्याफेमा आउनुस् कफी अर्डर गर्नुअघि आफ्नो साथीलाई चुम्बन गर्नुस् । एक पोष्टमा लेखिएको छ–हामी तपाईको पैसा होइन तपाईको चुम्बन स्वीकार गर्छौ ।
कतिपयका लागि प्रवर्द्धनको यो तरिका अरुचीकर पनि लाग्न सक्छ । फ्रान्सेली थिममा बनेको यो क्याफे तीन महिना मात्र खोलिएको थियो । यसमा चुम्बन लिनेको भिडियो पनि खिच्ने गरिन्छ । चुम्बन लिनेले साँच्चिकै लिइरहेको छ कि छैन भन्ने कुरा क्याफे मालिकले निगरानी गर्छन् । क्याफे मालिकले भने–म महशुस गर्न सक्छु कि तपाईको चुम्बन असली हो कि होइन।
चुम्बन निगरानी गर्ने क्याफे मालिकका अनुसार उनी यसका विशेषज्ञ नै हुन् । र सजिलै चुम्बन असली हो होइन पत्ता लगाउन सक्छन् । फेसबुकका एक युजरका साथै अन्य सोसल मिडिया स्टाटस प्रयोग गर्नेले प्रश्न गरेका छन्–के ग्राहक एक्लै आउन सक्छ? क्याफेका कुनै सुन्दर वेटरको चुम्बन पनि लिन पाइन्छ ? यो प्रश्नमा भने क्याफे मालिकले कुनै प्रतिक्रिया दिएका छैनन् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु