प्रदुषण नियन्त्रण रणनीति बनाइने

२०७३ भाद्र १० गते, शुक्रबार

काठमाडौं, १० भदौ । वातावरण विभागले राष्ट्रिय प्रदुषण नियन्त्रण रणनीति तथा कार्ययोजना बनाउन सुरु गरेको छ । वातावरण प्रदुषण नियन्त्रणसम्बन्धी ऐन–कानुन निर्माण गर्ने उद्देश्यले विभागले सो रणनीति तथा कार्ययोजना बनाउन सुरु गरेको हो ।
यसैको तयारीस्वरुप शुक्रबार विभागले राजधानीमा एउटा कार्यशाला आयोजना गर्‍यो । कार्यशालामा विभागका महानिर्देशक गणेशकुमार श्रेष्ठले आगामी १५ वर्षलाई ध्यानमा राखेर वातावरण प्रदुषण नियन्त्रणसम्बन्धी कार्ययोजना तयार गर्न लागिएको बताए । सो अवसरमा विभागले तयार गरेको प्रारम्भिक प्रतिवेदनमाथि छलफल गरिएको थियो । कार्यक्रमका सहभागीहरुले वातावरण प्रदुषण नियन्त्रणसम्बन्धी कानुनको अभावमा वातावरण प्रदुषणलाई नियन्त्रण गर्न नसकिएको गुनासो गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार