मेगा बैंकले सेयर बेच्ने

२०७० जेष्ठ १३ गते, सोमबार

काठमाडौँ । मेगा बैंकले र्सवसाधारणको लागि सेयर बिक्रीको आहृवान प्रकाशन गरेको छ । बैंकले र्सवसाधारणको लागि जारी गरेको ६९ करोड ९० लाखको सेयर यही जेठ १९ गते बिक्री खुला हुने भएको छ । सेयर आवेदनका लागि छिटोमा बिक्री बन्द हुने म्याद २२ गतेसम्म रहेको छ । साधारण सेयर निष्काशनपछि बैंकको चुक्तापुँजी २ अर्ब ३३ करोड रुपैयाँ पुग्ने छ । बिक्री बन्द हुने अन्तिम दिन असार २ गतेसम्म भए पनि आवश्यक आवेदन नपरेको अवस्थामा मात्र २२ गतेपछि बिक्री खुला गरिनेछ । धेरै र्सवसाधारण मेगाको सेयरको प्रतिक्षामा रहेको हुनाले आवश्यकभन्दा बढी आवेदन पर्ने निश्चित देखिएको छ । देशभरका विभिन्न बैंक र मर्चेन्ट बैंकरका ६९ कार्यालयबाट मेगाको सेयर आवेदन फारम लिन र फारम भरेर बुझाउन सकिनेछ । ५ हजारदेखि २ करोड रुपैयाँको सेयर किन्न आवेदन दिन सकिनेछ । आवश्यकभन्दा बढी आवेदन परेमा आवेदकलाई समान अनुपातमा घटाएर सेयर बिक्री गरिने छ । धेरै गुणाले बढी आवेदन परेका आवेदकमध्ये चिठ्ठामार्फ् सीमित आवेदकले मात्र सेयर किन्न पाउनेछन् । करिब दुइ महिनामा सेयर बाँडफाँट गर्दा नपरेको सेयरबापत ब्याजसहित रकम फिर्ता पाइनेछ । बैंकले नागरिक लगानी कोष, एनआइबिएल क्यापिटल, एनएमबी क्यापिटल र नबिल इन्भेष्टलाई बिक्री प्रबन्धक तोकिएको छ । २०६७ वैशाख ५ गते कारोबार सुरु भएको बैंकले गत चैतसम्म ११ अर्ब ८२ करोड निक्षेप संकलन गरेको छ । गत आर्थिक वर्ष२०६८/६९ मा प्रतिसेयर ४.४१ रुपैयाँ आम्दानी गरेको बैंकले चालू वर्षा ७ रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण गरेको छ । आव २०७१/७२ मा बैंकको आम्दानी प्रतिसेयर १६ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । एक कित्ता सेयरबापत बैंकले गरेको मुनाफालाई प्रतिसेयर आम्दानी भनिन्छ । यो आम्दानीबाट कम्तीमा २० प्रतिशत जगेडा कोषमा जम्मा गरी बाँकीमध्येबाट लाभांशको रुपमा वितरण गर्न सकिने सम्भावना रहन्छ । यस बैंकमा ६३ जिल्लाका १ हजार २ सय ९९ संस्थापक सेयरधनी रहेका छन् । लगानीकर्तामध्ये शिक्षा व्यवसायीहरुको संख्या उल्लेख्य रहेको छ । निश्चित व्यवासायिक घरानाको मुख्य पर््रवर्द्धनमा बैंक खोल्ने प्रचलनविपरीत मेगामा र्सवसाधारण नै संस्थापक रहेको हुनाले र्सवसाधारणबीच बढी परिचित छ । जिल्लागत रुपमा अर्घााँचीबासीको संख्या धेरै रहेको छ । बैंकले २९ शाखा कार्यालय र ४५ स्थानमा शाखारहित सेवा प्रदान गरेको छ । अनिल केशरी शाह प्रमुख कार्यकारी अधिकृत रहेको यस बैंक अध्यक्षमा वरिष्ठ अर्थविद् डा. मदन दाहाल अध्यक्ष हुनुहुन्छ । सञ्चालकहरुमा द्वन्द्व व्यवस्थापनविद् डा. दुमन थापा -अर्घर्ााँची), प्राध्यापक डा. गोबिन्द नेपाल -काठमाडौं), शिक्षा व्यवसायी भोजबहादुर शाह -अर्घााँची), शैक्षिक सामग्री उद्यमी गोपाल खनाल -काठमाडौं), पर्यटन व्यवसायी मदनकुमार आचार्य -कास्की), शिक्षा व्यवसायी इश्वरबहादुर गुरुङ र कार्पेट उद्यमी शम्भुविक्रम थापा -सिन्धुपाल्चोक छन् ।

प्रतिक्रियाहरु