एभरेष्ट बैंकद्वारा ऋणपत्रको घोषणा

२०७२ असार १७ गते, बिहीबार

काठमाडौं, १७ असार । एभरेष्ट बैंकल २०७२ मा ८% ब्याजदरको रु.६० करोड बराबरको ऋणपत्र घोषणा गरेको छ । सो ऋणपत्रको निष्काशन आषाढ २४ गतेबाट खुल्ला भई सोही दिन बन्द हुनेछ । प्रति कित्ता एक हजार पर्ने यस ऋणपत्रको भुक्तानी अवधी छ बर्ष रहने छ ।
सम्पुर्ण निष्काशन मध्ये ३० हजार कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरीएको छ भने ४ लाख ८० हजार कित्ता ब्यक्तिगत तवरबाट बिक्री गरिने व्यङ्कले जानकारी दिएको छ ।
त्यसैगरी सर्वसाधारणले ९० हजार कित्ताको लागि दरखास्त दिन सक्नेछन् र लगानीकर्ताहरुले कम्तीमा २५ कित्ताको लागि दरखास्त दिनु पर्ने पनि बैंङ्कले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
यस प्रायोजनका लागि बिक्री प्रबन्धकको रुपमा बैंकले नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । ऋणपत्र दिर्घकालीन बित्तीय स्रोत मध्येको एक रहेको र संस्थाको दिर्घकालीन योजना तथा निर्णय प्रक्रियामा महत्वपुर्ण भुमिका खेल्ने जनाइएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ५३ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८० एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु