आगलागीबाट करोडौ क्षति

२०७० बैशाख २ गते, सोमबार


काठमाण्डौ । संखुवासभाको सदरमुकाम खाँदबारीमा सोमबार बिहान ३ बजे शुरु भएको भीषण आगलागी चार घन्टापछि सात बजे पूर्ण नियन्त्रणमा आएको छ । आगलागीमा परेर ४ वटा घर पसल पूर्णरुपमा जल्दा ७ करोड बरबरको धनमाल क्षति भएको अनुमान गरिएको छ भने ७ लाख रुपैयाँ नगदै जलेको थियो । आगो नियन्त्रणमा आएपछि स्थानिय प्रहरी र राजनैतिक दलका अगुवाहरुले आगलागीवाट करिब ७ करोड रुपैयाँको बराबरको क्षति भएको अनुमान लगाएका छ । विहान ३ बजे स्थानिय कृष्णमान शाक्यको घरवाट आगो बल्न शुरु भएको बताइन्छ । शाक्यको घरमा एक्कासि आगोको मुस्लो निस्किएपछि भरत श्रेष्ठ, दिनेश श्रेष्ठ, रामकाजी राई र कृष्णमान शाक्यको घर जलेको थियो । आगलागीमा परेको मध्ये कृष्णमानको घरमा राखेको ७ लाख रुपैयाँ नगदै जलेको बताइन्छ । क्षति भएका चारै घरमा भएका विद्युतिय, जुत्ता र मोवाईल पसल जलेको छन । वजारका अन्य क्षेत्रमा आगो सल्किने सम्भावना बढेपछि नेपाली सेनाको बराहदल गुल्म, ससस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले आगो लागेसगै जाडिएको रमेश विकको घर भत्काएका थिए । खाँदबारीमा दमकल नभएका कारण आगो निभाउन नेपाली सेनाको क्याम्पमा रहेको एक लाख लिटर क्षमताको ट्याङकीको पानी प्रयोग गरिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु