महाभुकम्पमा परी ३२ सयको मृत्यु, लाखौ मानिस प्रभावित

२०७२ बैशाख १४ गते, सोमबार

काठमाडौं,१४ बैशाख । अस्ति शनिवार मध्यान्य देखि गएको विनाशकारी महाभुकम्पमा परी देशभरका करिब ३ हजार २ सय १८ नाघेको गृहमन्त्रालयले जनाएको छ । घाइतेहरुको संख्या पनि ६२ हजार नाघिसकेको छ ।घाइतेहरुको काठमाडौं लगायत प्रभावित जिल्लाका अस्पतालहरुमा उपचार भइरहेको छ । महाभुकम्पमा परी ६६ लाख मानिस प्रभावित भएको सरकारी तथ्याङ सार्वजनिक भएको छ ।
नेपाली सुरक्षाकर्मी, भारतबाट आएको उद्धार टोली साथै स्थानीय सहयोगीहरुको सहायतामा देशका विभिन्न जिल्लामा उद्धार कार्य भइरहेको छ । उपत्यका भित्र १६ वटा सेल्टर खडा गरेर भुकम्पपिडीतलाई सेवा प्रवाह गरिरहेको पनि मन्त्रालयले जनाएको छ । ८० प्रतिशत सैनिकहरु उद्धारका लागी परिचालित छन् ।
ठूलो भुकम्प जाँदैछ, ज्वालामुखी विष्फोट हुँदैछ भन्ने हल्ला भ्रामक भएको पनि मन्त्रालयले जनाएको छ । शनिवार १ बजे ६.९ रेक्टर स्केलको भुकम्पको विवरण पनि आउन थालेको छ ।
भुकम्पको झडका भने विस्तारै कम हुँदै गइरहेको छ । आइतवार रातभर पानी परे पनि आज भने काठमाडौंको मौसम खुलेको छ । फेरी भुकम्प आउँछ भन्ने त्रासका कारण उपत्यका भित्रका मानिसहरु सैनिक टुडिखेल, खुल्लामञ्च लगायत खुल्ला स्थानमा रात कटाइरहेका छन् ।

प्रतिक्रियाहरु