चिडियाखानामा दर्शक घटे

२०७१ असार ३२ गते, बुधबार


काठमाडौ, ३२असार ।अघिल्लो आर्थिक वर्षभन्दा यस वर्षमा चिडियाखानामा अवलोकनकर्ताको संख्या केही घटेको छ ।अघिल्लो आर्थिक वर्ष २०७०/७१ मा १० लाख ५३ हजारभन्दा धेरैले अवलोकन गरेकोमा चालु आर्थिक वर्षमा झण्डै १० लाख १५ हजार जनाले अवलोकन गरेका चिडियाखानाले जनाएको छ ।चिडियाखाना प्रमुख सरिता ज्ञवालीका अनुसार संविधानसभा चुनाव लगायतका कारणले अवलोकनकर्ताको संख्या केही घटेको हो । ललितपुर जावलाखेलमा रहेको चिडियाखानामा १ सय १६ प्रजातिका ८ सय जीवजन्तु राखिएका छन् ।पछिल्ला वर्षहरुमा जनावरलाई प्राकृतिक वातावरण अनुसार राख्नको लागि त्यसै अनुसार खोर सुधार गरिएको ज्ञवालीले जानकारी दिनुभयो । वातावरण र वन्यजन्तु संरक्षण सम्बन्धी चेतनामुलक कार्यक्रम समेत गर्दै आएको चिडियाखानाले अलपत्र जीवजन्तुको उद्दारको काम समेत गर्ने गर्छ ।

प्रतिक्रियाहरु